लुकाएर राखेको अवस्थामा बाघको छाला र हाड बरामद

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ५:०९ मा प्रकाशित

संखुवासभा, १३ कात्तिक – संखुवासभा जिल्लाको चिचिलामा २ वटा बाघको हाडछाला बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ ।

tigerगस्तीका क्रममा प्रहरीको टोलीले जिल्लाको मत्स्यपोखरी १ चिचिला बजार नजिकैको ओढारमुनि बोरामा लुकाएर राखेको अवस्थामा बाघको छाला फेला पारेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी कमल थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले बुधबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर बेवारिसे अवस्थामा भेटिएका बाघको हाडछाला सार्वजनिक गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us