सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ४:५४ मा प्रकाशित

नवलपरासी, १३ कात्तिक – भुमही भैरहवा सडकखण्डको रानीपाकडमा गएराति भएको सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

भुमहीबाट परासीतर्फ जाँदै गरेको लु १६ प ३०४७ नम्बरको मोटरसाइकलमा सवार तीनमध्ये दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामनगर वडा नं ९ फरौलीका २३ वर्षीय गौतम चौधरी र २४ वर्षीय राजकुमार चौधरी रहेका छन् । घाइते २२ वर्षीय सिर्जन यादवको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us