चीनविरोधी गतिविधि रोक्न नेपाललाई दबाब

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते १:४७ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– चीनले एक वर्षभित्र ‘चीनविरोधी गतिविधिु’ पूर्ण रूपमा अन्त्य गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । तिब्बती शरणार्थीलाई ‘चीनविरोधी तत्त्व’ china_nepal_flagभन्दै चीनले उनीहरूलाई पक्राउ गरी सुपुर्दगी गर्न पनि दबाब दिएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको ६ सदस्यीय टोलीले नेपालका उच्च नेताहरूलाई भेटी यस्तो दबाब दिएको हो ।

टोलीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ ।

सबैजसो भेटमा टोलीले चीनविरोधी गतिविधि सञ्चालन गर्नेलाई नियन्त्रण गरी दुई देशबीच हार्दिकता बढाउन आग्रह गरेको स्रोतले बतायो । ‘तिब्बत सरकारको टोलीको मुख्य मिसन चीनविरोधी गतिविधि नियन्त्रण गर्नु हो ’स्रोतले भन्यो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us