श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते १३:५२ मा प्रकाशित

खोटाङ, १२ कात्तिक– खोटाङ सुङ्देल–४ की ४६ वर्षीया राधिका राईले खुकुरी प्रहार गरी आफ्नै पतिको हत्या गरेकी छन् ।
उनले ४६ वर्षीय चतुरमान राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मदिराले लटठ् भएका राई र श्रीमतीबीच विवाद भएपछि श्रीमतीले घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमानको हत्या गर्ने राधिकालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।

त्यस्तै रामेछाप गुम्देल–३ बस्ने ५० वर्षीय कर्मा ग्याल्जे शेर्पालाई अपरिचित व्यक्तिले हत्या गरेका छन् । घरमा एक्लै रहेको अवस्थामा अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार शेर्पाको हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us