बनेपा, १२ कात्तिक – एमाले नेता माधवकुमार नेपालले एमाओवादीको अनावश्यक अडानले संविधान निर्माणमा बाधा पुगेको बताएका छन् ।
बुधबार बनेपामा आफू पक्षधर कार्यकर्तासँगको भेटमा उनले संविधान निर्माण वीरवलको खिचडी जस्तो हुने त होइन् भन्ने आशंका गरे ।
उनले के को आधारमा चार प्रदेशको कुरा आयो भन्ने कार्यकर्ताको जिज्ञासामा भने, “अध्यक्षलाई लाग्यो उहाँले भन्दिनु भो ।”
संविधान निर्माणको माघ ८ गतेको समयसीमालाई कसैले पनि उल्लङ्घन गर्न नहुनेमा जोड दिँदै नेता नेपालले लोकतन्त्रको अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा सम्झौता नहुने उल्लेख गरे ।