विराटनगर, १२ कात्तिक– मोरङमा मङ्गलबार साँझ भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।
राजघाटबाट उर्लाबारीतर्फ जाँदै गरेको को १९ प ४४५५ नम्बरको मोटरसाइकल राजघाट–७ मा एक्कासि सडकमा पल्टिएर दुर्घटना हुँदा मोटरासइकल चालक झापा दमक–१७ का २२ वर्षीय रविन काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि बसेका मोरङ राजघाटका २७ वर्षीय मनोज सिटौला गम्भीर घाइते छन् । सिटौलाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।