देउसी भैलोको रकमबाट सामुदायिक भवन निर्माण

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ३:०४ मा प्रकाशित

भक्तपुर, १२ कात्तिक- मध्यपुरथिमि गठ्ठाघरस्थित नमुना बस्ती समाजले  तिहारमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट रु  एक लाख ५८ हजार सङ्कलन गरेको छ ।

सामुदायिक भवन बनाउने उद्देश्यका साथ एकदिन समाजका सदस्यको सहभागितामा आयोजना गरिएको देउसीभैलो कार्यक्रमबाट सो रकम सङ्कलन भएको समाजका अध्यक्ष भुवनकुमार क्षेत्रीले बताए ।

उनले विगतका वर्षमा देउसी भैलो कार्यक्रम, सहयोग सङ्कलनलगायतका कार्यबाट मन्दिर, सामुदायिक भवन निर्माण गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us