नेपाली वैज्ञानिकसहितको टिमले गर्‍यो महत्वपूर्ण अनुसन्धान

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते १:५६ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– नेपाली वैज्ञानिकसहित अनुसन्धानकर्ताको एक समूहले मानव शरीरमा नयाँ रक्तनली उत्पादन गर्ने प्रविधि (स्टेम सेल बेस्ड थेरापी) को विकास nutan prasaiगर्न सकिने पत्ता लगाएको छ ।
अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिनमा कार्यरत नेपाली वैज्ञानिक डा. नुतन प्रसाईंसहितको टोलीले यो सफलता प्राप्त गरेको हो । यो अनुसन्धानको नतिजा ‘नेचर बायोटेक्नोलोजी’ जर्नलको अक्टुबर अंकमासमेत प्रकाशित गरिएको छ ।
डा। प्रसाईंसहितको टोलीले लामो समयसम्म गरेको अनुसन्धानले चिकित्सा विज्ञानका क्षेत्रमा नयाँ उपलब्धी हासिल गरेको हो । यो प्रविधिले अन्धोपना तथा अंगक्षेदन हुनबाट रोक्न सकिने बैज्ञानिक प्रसाईंले जनाएका छन् ।  नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us