डैनीका छोरा पनि बलिउड छिर्ने तयारीमा

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ३:०४ मा प्रकाशित

rinjingकाठमाण्डु, ११ कात्तिक– बलिउड अभिनेता डैनी डेन्जोङ्पाका छोरा रिन्जिङ पनि चलचित्र क्षेत्रमै लाग्ने भएका छन् ।

डैनीका एक मात्र पुत्र रिन्जिङ यसअघि बियरको व्यापारमा हात हाल्ने सोचमा रहे पनि उनका निकट मित्र ज्याकी श्राफका छोरा टाइगर श्राफ बलिउड प्रवेश गरेपछि निर्णय परिवर्तन गरेको बताइएको छ ।

‘मलाई मेरो छोरा बियर कारोबारमा संलग्न होला भन्ने लागेको थियो’, तर उसको मिल्ने साथी टाइगरले बलिउड प्रवेश गरेपछि अभिनेता बन्ने निर्णय लियो ।’ डैनीले छोराको निर्णय परिवर्तनका लागि कुनै दबाब नदिने बताए । बरु उनले सफलताको शुभकामना दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us