विवाद मिलाउन अनौपचारिक बैठक नै प्रभावकारी : भट्टराई

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ७:५४ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक – संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अदृश्य र नभनिएका विषयमा कुरा गर्न अनौपचारिक छलफल प्रभावकारी हुने बताएका छन् ।

baburam bhattarai‘औपचारिक बैठकमा पार्टीको धारणा राखिए पनि अदृश्य र नभनिएका कुराहरु थुप्रै हुन्छन् ’, भट्टराईले भने, ‘नभनिएको कुरा बुझेर त्यसलाई सम्बोधन नगरेसम्म गाँठो फुक्दैन ।’

भट्टराईले संवाद समितिले बिहीबार र शुक्रबार तीन दलको औपचारीक बैठक आयोजना गर्ने जानकारी दिए ।

आजको लागि बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको औपचारिक बैठक एमाले नेताहरुको अनुपस्थितका कारण स्थगित भएको छ । एमालेका नेताहरु नआएपछि एमाओवादी र नेपाली कांग्रेसको अनौपचारिक छलफल मात्रै भएको थियो ।

‘ठूला युद्धपछि हुने सम्झौता पनि धेरै गोप्य, निजी, अनौपचारिक छलफलबाट मोटामोटी निष्कर्षमा पुर्योएपछि बल्ल औपचारिक बैठकले टुंग्याउने हुन्छु, भट्टराईले भने,ुत्यही आधारमा औपचारिक भन्दा पनि अनौपचारिक बैठकबाट र सामूहिक भन्दा पनि व्यक्तिगत, निजी छलफलबाट, प्रत्येक पार्टीका निर्णायक व्यक्तिहरुसँग अलग अलग बसेर टुंगो लगाउन प्रयत्न भइरहेको छ ।’

संवाद समितिलाई संबिधानसभाले दलहरुबीच सहमतिको लागि कात्तिक १५ गतेसम्मको समय दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us