नवलपरासी, १० कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत नलपरासीको गैँडाकोट–५ काँग्रेस चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ८३१६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका रुपन्देही पडसरी बस्ने २१ वर्षीय विशाल थापाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।