शौच गर्ने क्रममा खसेर नदीमा बेपत्ता

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ४:४८ मा प्रकाशित

धादिङ, १० कात्तिक– धादिङमा शौच गर्ने क्रममा नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।
पृथ्वीराजमार्गको छेउमा शौच गर्ने क्रममा त्रिशूलीमा खसेर सुनसरी इनरुवाका ४२ वर्षीय दिनेश पोखरेल नदीमा बेपत्ता भएका हुन् ।

गाडी रोकेर शौच गर्न शौच गर्न गएका उनी चिप्लिएर नदीमा डुबेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । उनी विराटनगरबाट काठमाण्डु आउँदै गरेको ना ५ ख ३९२८ नम्बरको रात्रि बसमा इनरुवाबाट चढेका थिए । पोखरेलको खोजी भइरहेको गजुरी प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us