काठमाण्डु, १० कात्तिक पूर्वराजा ज्ञानेन्द्रको परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डकै राजधानी बैंककको सुधार गृहमा राख्ने गृहकार्य अघि
बढाएको छ ।
अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त भएका पारसलाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको छ ।
अवैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्डको रुङखाईमा पक्राउ परेका थिए । नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकाले थाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको छ ।
पारस थाइल्यान्डमा पक्राउ परेपछि उनलाई सहयोग गर्न धीरेन्द्रकी माइली छोरी बैंकक पुगेकी थिइन् । अदालतमा धरौटी राख्ने रकम पनि उनैले लिएर गएकी थिइन् । पारस यसअघि पनि पुनःस्थापना केन्द्रमा बसिसकेका छन् ।
अवैध लागूऔषध सेवन गरेको अभियोगमा अघिल्लोपटक थाई अदालतले नै उनलाई पुनःस्थापना केन्द्रमा पाठाउने निर्णय गरेको थियो । अदालतको आदेशपछि ६ महिनासम्म उनी च्यान्माई सुधार केन्द्रमा बसेका थिए