चिनियाँ युवती तीन सातादेखि नेपालमा बेपत्ता

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १:४० मा प्रकाशित

काठमाण्डु, १० कात्तिक- तिब्बत हुँदै नेपाल घुम्न आएकी २७ वर्षीया चिनियाँ युवती गुओ सियाओफाङ एक सातादेखि बेपत्ता भएकी छन् ।
तिब्बतबाट १८ अक्टोबरमा एक्लै काठमाण्डु प्रवेश गरेदेखि उनीसँग सम्पर्क टुटेको भन्दै परिवारका सदस्यले चिन्ता व्यक्त गरेका छन् । गुओ मध्य चीनको हुवेइ प्रान्तको राजधानी उहानकी विद्यार्थी हुन् ।
शनिबार राति उनको माइक्रोब्लगमा ‘हुवेइकी युवती नेपालमा बेपत्ता’ शीर्षकमा सूचना दिइएपछि उनको गृहनगर उहानमा हल्लीखल्ली मच्चिएको थियो । माइक्रोब्लगमा यो सूचना तीन लाख ६० हजारले हेरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
सियाओफाङका विद्यार्थी साथीहरूले उनी सिचुवना हुँदै तिब्बतबाट नेपाल प्रवेश गर्ने बेलासम्म माइक्रोब्लगमा फोटो अपडेट गरेको तर, त्यसपछि बेखबर रहेको जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us