‘अन्डर पर्फमर’ ज्ञानेन्द्रको जवाफ

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १:३५ मा प्रकाशित

 काठमाण्डु, १० कात्तिक यसपालि पनि विश्व क्रिकेट लिग डिभिजन तीन खेल्न मलेसिया जानुअघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्दा ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ ganendra mallaगरेका थिए।
उनले कोल्टस क्रिकेट क्लबसँगको दोस्रो अभ्यास खेलमा अभिजित ५६ र रागामा क्रिकेट क्लबसँग तेस्रो खेलमा १ सय ६७ रन बनाए । त्यही सानदार ब्याटिङ मद्दतमा नेपालले तीनमध्ये दुई अभ्यास खेल जित्यो ।
ज्ञानेन्द्रको ब्याटिङ क्षमता यसपालि पनि अभ्यासभन्दा माथि नउठ्ने हो कि भन्ने धेरैको चिन्ता थियो । उनकै अन्तर्राष्ट्रिय करिअरको तथ्याङ्कले चिन्ता स्वभाविक बनाएको थियो । माथिल्लो क्रममा खेलेर पनि उनले ट्वान्टी(२० मा अर्धसतक र एकदिवसीयमा शतक बनाउन सकेका थिएनन् । तर, यसपाला ज्ञानेन्द्रको ब्याट मलेसियाको मैदानमा राम्ररी घुमेको छ, जसले महत्वपूर्ण खेलमा  देशलाई प्रभावशाली जित दिलाएको छ ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us