तिहारका बेला छिमेकीको घरमा आलो लगाउने पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते १०:३७ मा प्रकाशित

झापा, ९ कात्तिक- मादक पदार्थ सेवन गरी छिमेकीको घरमा आगो लगाउने एक व्यक्तिलाई दक्षिणी झापाको घेराबारीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घेराबारी–६ का २२ वर्षीय नानाहाङ सेलिङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  लिम्बूले सोही ठाउँ निवासी धनबहादुर नेपालीको फुसको घरमा भाइटीकाको राति आगो लगाएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ। आगलागीका कारण नेपालीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । नेपालीकी श्रीमती लक्ष्मीसमेत जलेर घाइते भएकी छन् ।

घाइते लक्ष्मीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए । बेलुकाको खानपिन सकेर सुतेका नेपाली दम्पतीले आधा घर जलिसकेपछि मात्र थाहा पाएका थिए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us