काठमाण्डु, ९ कात्तिक- अमेरिकाको सर्वोच्च अदालतमा लामो समयदेखि वकालत गर्दै आएका नेपाली मुलका खगेन्द्र क्षेत्री त्यहाँको सुपर लयर भएका छन् ।
एनआरएन अमेरिकाका अध्यक्ष समेत रहेका क्षेत्री सुपर लयर २०१४ मा छनौट भएका हुन् । अमेरिकामा रहेका वकिलहरुमध्येबाट सुपर लयर छानिएको हो ।
नेपालको गुल्मीमा जन्मेका अधिवक्ता क्षेत्रीले कोलम्बिया युनिभर्सिटीबाट एलएलएम र फोरदम युनिभर्सिटीबाट जेडी गरेका छन् ।सुपर लयरमा छानिएपछि क्षेत्रीले आफूलाई पेशामा लाग्न थप हौसला बढेको बताए ।