काठमाण्डु, ८ कात्तिक- राप्रपा नेपालले भावी हिन्दू राष्ट्र, सङ्घीयतालगायतका विषयमा जनमत सङ्ग्रहको माग गर्दै देशभर हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
अध्यक्ष कमल थापाले गाइतिहारको अवसरमा हिजो पशुपतिनाथ मन्दिर परिसरबाट हस्ताक्षर अभियान शुभारम्भ गरेका थिए ।
८० प्रतिशत हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्ष कायम हुन नसक्ने र संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राप्रपा नेपालको छ ।
हिन्दू राज्य माग गर्दै सुरु अभियान१५ दिनसम्म चल्ने सो पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।