आर्इसीसीमा नेपालको पहिलो जित, बर्मुडा ८ विकेटले पराजित

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते ८:२७ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक- मलेसियामा जारी आइसीसी विश्व लिग डिभिजन ३ मा नेपालले बर्मुडालाई ८ विकेटले हराएको छ।
nepal vs yugandaक्वालालाम्पुरस्थित सेलेङगर ट्रफ क्लब सेलेङ्गर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बर्मूडा निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभर खेल्दै १०० रनमा समेटिएको थियो ।
१०१ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले २ विकेटको क्षतिमा निर्धारित लक्ष्य ११।१ओभरमै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४३ रन बनाए । यस्तै ओपनर सुवास खकुरेल ३० तथा नरेश बुढाऐर ६ रनमा आउट भए । कप्तान पारस खड्का १४ रनमा अभिजित रहे ।
प्रतियोगिताको आफ्ने पहिलो खेलमा नेपाल बिहीबार युगान्डासँग २० रनले पराजित भएको थियो ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको बर्मूडाले ४०।१ ओभरमा १०० रन जोड्दा सबै विकेट गुमाएको थियो ।नेपाली बलरहरु हावी भएको खेलमा बर्मूडाका ७ जना खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि क्रिष्टेनले २८ रन जोडे ।

नेपालका अमृत भट्टराई, वसन्त रेग्मी र शक्ति गौचनले समान २र२ विकेट लिए भने सोमपाल कामी र सागर पुनले १र१ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us