नेताहरु जिम्मेवार हुन नसकेको उपराष्ट्रपतिको आरोप

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ८:४७ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक- उपराष्ट्रपति परमानन्द झाले प्रमुख दलका शिर्ष नेताहरु जिम्मेवार हुन नसकेकोले संविधानका विवादित विषयहरुमा सहमति हुन नसकेको आरोप Parmananda Jhaलगाएका छन ।
रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उनले दलहरुले सहमतिको नाममा समय फालेको बताउँदै सहमति कुरा गर्नेले सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए ।

झाले जनताले आफूहरुको ठाँउमा नयाँ अनुहार हेर्न चाहेकोले आफूहरु चाडो भन्दा चाडो बर्हिगमन हुन  हतारिएको भन्दै माघ ८ पछि आफुहरु बर्हिगमित हुनु पर्ने बताए
उनले नेताहरुको ताल देख्दा माघ ८ गतेभित्र संविधान देलान भन्नमा आशंका उत्पन्न भएको भन्दै संघीयताको मामिलामा संख्यालाई बटमलाईन बनाएर प्रस्तुत हुनु नै गलत भएको टिप्पणी गरे ।
उनले भने–संख्या बैठकभित्र भन्ने कुरा हो । दलहरुले बाहिर ल्याएर गलत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us