गाई तिहारको अघिल्लो दिन गाई अनुसन्धानका हाकिम घूससहित पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते ८:३० मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक – गाई अनुसन्धान कार्यालयका प्रमुख सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

cowअख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले बुधवार राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीराम श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको हो ।

कृषि मन्त्रालयको नार्कअन्तर्गत गाई अनुसन्धान कार्यक्रमको खुमलटारस्थित कार्यालयमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

अख्तियारको टोलीले सो घुस रकम बरामद गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us