डोल्पाका ८ गाविसका बालबालिकाले अझै खान पाएनन् भिटामिन ए

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते ७:५९ मा प्रकाशित

डोल्पा , ५ कात्तिक – नेपाल सरकारको पूर्वनिर्धारित कार्यक्रम अनुसार देशका सबै जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइसक्दा डोल्पाका बालबालिकाले अझै खान पाएका छैनन् ।

vitamin aसरकारले यहि कात्तिक एक र दुईगते राष्ट्रव्यापी भिटामिन ‘ए’ वितरण कार्यक्रम राखेको थियो । तर डोल्पाका ८ गाविसका बालबालिकाले भिटामिन ‘ए’ खान नपाएका हुन् ।
भिटामिन नखुवाईने गाविसमा तल्लो डोल्पाका त्रिपुराकोट, माथिल्लो डोल्पाको तिन्जे, छार्का, मुकोट, धो, साल्दाङ, भिजेर लगायतका गाविसहरु रहेकाछन् ।

माथिल्लो डोल्पामा पर्ने गाविसहरु सदरमुकाम दुनैबाट ७० कोस टाढा पर्ने भएकाले भिटामिन लिन कर्मचारीहरु नआउने र पठाउन समेत ढिला हुने जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

जिल्ला अस्पताल डोल्पाले भिटामिन लिन कर्मचारी नआउने र टाढा पर्ने बताइरहँदा सदरमुकामबाट सबैभन्दा नजिक पर्ने त्रिपुराकोट गाविसमा पनि सरकारले तोकेको समयमा अझै भिटामिन बाँडिएको छैन ।

कर्मचारीहरुको लापरबाहीका कारण त्रिपुराकोट गाविसमा रहेको त्रिपुराकोट उपस्वास्थ्य चौकीमा सरकारले तोकेको समयमा कहिल्यै भिटामिन वितरण नहुने स्थानीय दुर्गा न्यौपानेले बताए ।

जिल्लाले समयमै भिटामिन उपलब्ध नगराउने भएकाले समयमै भिटामिन खुवाउन नपाईने त्रिपुराकोट स्वास्थ्य चौकिका अहेब कबिप्रसाद उपाध्यायले खुलासा गरे ।
रामचन्द्र न्यौपाने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us