बारा, ५ कात्तिक– बारामा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १७ यात्रु घाइते भएका छन् ।
वीरगञ्जबाट हेटौंडा आउँदै गरेको ना ४ ख १५४४ नम्बरको बस, ना ३ ख ६२८५ नम्बरको ट्रक र ना २ ख ८७११ नम्बरको ट्याङकर अमलेखगञ्जमा ठोक्किएका हुन् ।
घटनास्थबाट चार जनाको शव निकालिएको र घाइतेलाई उपचारका लागि हेटौंडा पठाइएको बारा प्रहरीले जनाएको छ । बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।