काठमाण्डु, ४ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका नायब सुव्वा कृष्णप्रसाद पनेरुविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
सेवाग्राहीसँग जग्गा हालसाविक गर्ने क्रममा १० हजार रुपैया घूस लिएको ठहर गर्दै आयोगले विशेष अदालत काठमाण्डुमा मुद्धा दायर गरेको हो ।