वीरगञ्ज, ४ कात्तिक – वीरगञ्जमा चार केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ बसपार्क क्षेत्रबाट ४ केजी अवैध सुन सहित वीरगन्ज नगवाका मृत्युन्जय सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले पक्रेको हो ।
सो सुनको मूल्य मंगलबारको सुनको भाउ अनुसार १ करोड ८१ लाख ६ हजार रुपैयाँ बराबर रहेको छ ।
काठमाण्डुबाट रात्रीबसमा सुन लिएर मंगलबार विहान वीरगञ्ज बसपार्कबाट सर्राफको शरीरमा लुकाएर राखेको अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।
सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक वीरबहादुर ओलीले जानकारी दिए ।