राष्ट्रिय फुटबल लिग कात्तिक २२ बाट, बढ्यो खेलाडीको तलब

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक – राष्ट्रिय लिग फुटबल कात्तिक २२ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले लिग सञ्चालनको निर्णय गरेको छ ।

लिगमा ए डिभिजन लिगमा ६ सहित ११ टिम सहभागी हुनछन् । जसमा ए डिभिजन लिग च्याम्पियन मनाङसँगै थ्रीस्टार, शंकटा आर्मी, पुलिस र सशस्त्र प्रहरीको एपीएफ छन् भने पाँच जिल्ला टोलीले भाग लिनेछ ।

होम एण्ड अवेका आधारमा खेलाइने लिगको विजेताले १ करोड नगद पाउनेछ । कुल पुरस्कार २ करोड २५ लाख रहनेछ भने प्रतेक टीमलाई १५ लाख तयारी खर्च दिइनेछ । लिगको अनुमानित खर्च ५ करोड ७५ लाख रहेको एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघले राष्ट्रिय टोलीका खेलाडीहरुको तलब बढाएको छ । पुरुष टिमको मासिक ५ हजार बढाएर १५ हजार पुर्यामइएको छ ।

महिला टिमको ५ हजारमा दुई हजार थप भएको छ । रेफ्रीले पाउँदै आएको ४ हजारमा २ हजार थपेर ६ हजार पुर्यालउने निर्णय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us