चर्को विरोधपछि देउसी खेल्ने समय थप

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते १०:५८ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक – चर्को विरोध पश्चात सरकारले तिहारमा देउसी भैलो खेल्ने समय दुई घन्टा थप गरेको छ ।

Dausi-vailo1गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म कायम गरिएको जनाएको छ । गृहले ३१ गते तिहारको समयमा राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएपछि चौतर्फी आलोचना भएको थियो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘विभिन्न क्षेत्रबाट देउसी भैलोको समय थप्नका लागि अनुरोध भएको र जिल्ला प्रशासन कार्यालयबाट समेत थप समय तोकिए सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न सक्ने प्रतिक्रिया आएकाले ७ बजेलाई संशोधन गरेर बेलुकी ९ बजेसम्म देउसी भैलो खेल्ने समय कायम गरिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us