५० हजार घूससहित मालपोत कर्मचारी रङगेहात पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ९:२६ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कलंकी काठमाण्डुका एक कर्मचारीलाई घूस रकम लिदा लिदै रङगेहात पक्राउ गरेको छ ।

आयोगको बिशेष टोलीले मालपोत कार्यालयका नायव सुब्बा धरेन्द्र पौडेललाई सेवाग्राहीबाट ५० हजार नगद लिदा लिदै समातेको हो ।

घरजग्गाको कारोवारमा घुस नपाएसम्म काम नगर्ने सुब्बालाई सेवाग्राहीको सहायतामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us