घण्टाघरबाट खसेर एक युवतीकाे मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ११:१३ मा प्रकाशित

धरान , २ कात्तिक –  धरानको भानुचोकस्थित घण्टाघरबाट खसेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।

मोरङ हरैचा ९ की २१ बर्षीया हेमन्ती मगरको आईतबार दिउँसो घण्टाघरको माथिल्लो तलाबाट खसेर मृत्यु भएको हो ।

उनी श्रीमान टोपबहादुर मगरसहित घुम्न गएकी थिइन् । श्रीमानसहित रमाइलो दृष्य अवलोकन गरिरहेकी हेमन्तीको घण्टाघरबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान टोपबहादुरलाई प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको छ ।

हेमन्ती र टोपबहादुरले भर्खरै विवाह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us