अमरेश कुमार भन्छन् , ‘कार्तिक १५ गतेभित्रै सहमति हुन्छ ’

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ८:४९ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक – काँग्रेस सभासद डा. अमरेशकुमार सिंहले दलहरुवीच विवादित विषयहरुमा आगामि कार्तिक १५ गतेभित्रमै सहमति हुने दावी गरेका छन् ।

netaरिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले तिहार र छठको बीचमा दलहरुबीच छलफल गरेर समझदारी कायम गर्ने सहमति भइृसकेको दावी गर्दै प्रक्रियामा नै जाने भएपनि प्रश्नावलीमा सबै दलको एकै धारणा हुने समेत बताए ।

साक्षात्कारमा सिंहले माघ ८ गते संविधान जारी नभए नेपालमा संविधानसभाबाट फेरि संविधान नै जारी हुन नसक्ने ठोकुवा गर्दै त्यसपछि भिषण आन्दोलन हुने बताए ।
दलहरुवीच धेरै असहमति नभएको, संघीयतामा पनि करिब–करिब सहमति भईसकेकोले प्रमुख दलहरु केही लचिलो हुने वित्तिकै माघ ८ मा संविधान आउने विश्वास ब्यक्त गर्दै नेपाली काग्रेस संघीयता र धर्मनिरपेक्षताबाट पछि नहट्ने स्पष्ट पारे ।

आजसम्म काग्रेसकै नेतृत्वमा संविधान जारी भएकोले अहिले पनि जारी हुने दावी गर्दै संघीयता बनाउँदा भूगोल, आर्थिक सम्भाब्यता र जनसंख्याको आधारमा बनाउनु पर्ने तर्क गरे ।

एकीकृत माओवादीका सभासद खिमलाल देबकोटाले नेपाली काँग्रेस र नेकपा एमाले ७ बाट माथि आउने र एमाओवादी तल झर्दा आठ प्रदेशमा सहमति बन्न सक्ने भन्दै काग्रेस र एमालेले प्रस्तुत गरेको अवधारणा बटमलाईन नभएर विकल्प मात्रै भए कुनै समस्या नभएको बताए । उनले भने–बटमलाईन बनाए माघ ८ गते संविधान आउँदैन ।

मुलुकमा लामो समयदेखि कायम रहेको बर्गिय र जातीय समस्या समाधान गर्न नै १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र विभिन्न आन्दोलनहरु भएको उल्लेख गर्दै कम प्रदेश बनाउने भए किन सहमति र आन्दोलन गर्नु परेको भनि प्रश्न समेत गरे ।

 एमाले सभासद गणेशमान गुरुङले राज्य पुर्नसंरचनाको विषयमा नेपालीहरु सिकारु मात्र भएकोले अहिले थोरै प्रदेश बनाएर पछि आवश्यकता अनुसार बढाउँदै जान सकिने तर्क गर्दै उत्तर–दक्षिण संघियता भए आर्थिक रुपमा बलियो हुन सक्ने दावी गरे ।

उनले भने– मुलुकले धान्न सक्ने संघियता बनाऔ । पहिला पाँच प्रदेश बनाऔ, पछि आवश्यकता अनुसार थपौ । प्रदेशको नामाकरण भने साझा पहिचानको आधारमा गरिनुपर्दछ ।

एकल जातीय संघियताले हित नगर्ने भएकोले साझा पहिचान बनाउने र जातीय र भाषिक समस्या समाधान गर्न भाषिक र साँस्कृतिक एकेडेमी बनाएर समावेशीतालाई अघि बढाउनु पर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us