संसदबाट बजेट पारित

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ८:३२ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक –  आर्थिक वर्ष ०७१र०७२को बजेट व्यवस्थापिका संसदले  पास गरेको छ।

आइतबार बिहान ११ बजे बसेको बैठेकले असार २९ गते संसदसमक्ष प्रस्तुत भएको ६ खर्ब २० अर्बको बजेट पारित गरेको हो।

यसअघिका संसद बैठकबाट विनियोजक विधेयक र आर्थिक विधेयकलाई समेत पारित गरिसकेकाले आइतबार समग्र बजेट नै पारित भएको हो ।

आईतबारको संसद बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पेश गरेको निजामति सेवा (चौथो संशोधन) विधेयक, २०७१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्तावलाई समेत बहुमतले स्वीकृत भएको छ ।

व्यवस्थापिका संसद बैठकको शुरुमा शुून्य समयमा विभिन्न दलहरुका सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

संसदको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us