कृषि विकास बैंक सञ्चालक समितिले हटायो कार्यकारी अधिकृत बुढाथोकीलाई

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ७:४३ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक – कृषि विकास बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीलाई पदबाट बर्खास्त गरेको छ ।

Tej-Badhur-Budathokiबैंकका सञ्चालक क्षेत्रबहादुर सैंजुवालको संयोजकत्वमा गठित कार्यसम्पादन मुल्यांकन प्रतिवेदनका आधारमा सञ्चालक समितिले बुढाथोकीलाई हटाएको हो ।

सञ्चालक समितिले बुढाथोकीलाई प्रष्टिकरण सोधेको थियो । प्रष्टिकरणको चित्त बुझ्दो उत्तर नआएपछि हटाइएको बैंकका एक सञ्चालकले अनलाइनखबरलाई जानकारी दिए । बुढाथोकीको कार्यकाल सकिन अझै १३ महिना बाँकी छ ।

शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले बरिष्ठ नायव महाप्रबन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

डा बाबुराम भट्टराईका पालामा बुढाथोकीलाई सार्वजनिक विज्ञापन गरिएको तीनदिन भित्रै नियुक्ति गरिएको थियो । तत्कालीन अवस्थामा उनको नियुक्ति प्रक्रिया नपुर्या ई भएको भन्दै व्यापक आलोचनासमेत भएको थियो ।

बुढाथोकीलाई कारवाही गर्न अख्तियार र नेपाल राष्ट्र बैंकले पनि दवाव दिएका थिए ।

बुढाथोकीले विभिन्न व्यक्ति तथा संस्थालाई प्रक्रिया नपुर्यावई कर्जा दिइएको भन्दै अख्तियारले कारवाही गर्न निर्देशन दिएको थियो भने खराब कर्जामा सुधार ल्याउन नसकेको भन्दै राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us