बेनी, २ कात्तिक– म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौँडामा अरिङ्गालको टोकाइबाट एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
अरिंगाललले टोकेर काउलेगौँडाका ५५ वर्षीय दल पुरी, उनकी श्रीमती ४५ वर्षीया शिवा पुरी र १२ वर्षीय छोरा आशीषको मृत्यु भएको हो । घरनजिकैको जंगलमा घाँस काट्न गएका उनीहरुलाई शनिबार दिउँसो अरिंगालले टोकेको थियो ।
तीनै जनाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।