काठमाण्डु, २ कात्तिक– निरन्तर छलफल गरे पनि सहमतिमा पुग्न नसकेका प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति खोज्न आवासीय बैठकको तयारी
गरेका छन् ।
आगामी मंगलबार र बिहीबार निर्णायक छलफल हुने नेताहरुले बताएका छन् । राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीलगायत विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।
शनिबार बसेको कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक पनि बिनानिष्कर्ष सकियो । तिहारअघि नै निष्कर्षमा पुग्ने गरी छलफल घनीभूत बनाउने नेताहरुले बताएका छन् । एमाले उपाध्यक्ष भीम रावलले अब बस्ने संविधानसभा बैठकपछि मंगलबार र बुधवार निर्णायक छलफल हुने बताए ।