प्रचण्डलाई कसले पार्‍यो र्‍याखर्‍याख्ती ?

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ३:०० मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– संविधान लेखनमा सहमति जुटाउन प्रयास भइरहेका बेला ‘विद्रोह गर्ने’ भन्नेग एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चेतावनीको prachandaकांग्रेस–एमालेले प्रतिवाद गरेका छन् ।

संविधानका विवादित विषयमा छलफल गर्न शनिबार बसेको तीन दल बैठकमा कांग्रेस–एमालेका नेताले प्रचण्डलाई पारेका थिए ।  संसद् सचिवालयमा भएको तीन दल बैठकमा एमाले उपाध्यक्ष भीम रावल र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले सहमति प्रयास भइरहेका बेला विद्रोह गर्ने भन्ने प्रचण्डको भनाइप्रति आपत्ति जनाए ।

‘कांग्रेस र एमालेले धोखा दिए, लडाकु समायोजन गर्नु गल्ती थियो, अब विद्रोहको नेतृत्व गर्छु भन्ने भनाइको अर्थ के हो ? बैठकमा एमाले उपाध्यक्ष रावलले भने, ‘एकातिर दलहरूबीच समझदारी बनाउने भनेर राजनीतिक समितिको नेतृत्व गर्ने, अर्कोतिर सडकमा गएर यस्तो भाषण गर्ने ?’

२२ दलीय मोर्चाद्वारा शुक्रबार आयोजित विरोधसभामा प्रचण्डले शान्तिपूर्ण विद्रोहको नेतृत्व आफूले लिने चेतावनी दिएका थिए ।   तीन दलको बैठकमा रावललाई समर्थन गर्दै सिटौलाले प्रचण्डको अभिव्यक्तिले अन्योल उत्पन्न गरेको बताए । जवाफमा प्रचण्डले आफ्नो भनाइ समग्रतामा बुझ्न आग्रह गरेका थिए ।

उनले भने, ‘सहमति भएन भने शान्तिपूर्ण विद्रोहको कुरा गरेको हुँ । एकपक्षीय रूपमा बुझ्नु भएन ।’ त्यसपछि कांग्रेस(एमालेका नेताले सहमतिका लागि प्रयास भइरहेका बेला अबदेखि कुनै पनि पक्षबाट यस्तो धारणा ल्याउन नहुनेमा जोड दिएका थिए ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रमुख दलबीच रहेका आशंका हटाएर विश्वासको वातावरण बनाउनुपर्ने बताए ।
अन्न्पूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us