सुनसरी, १ कात्तिक– खाना पकाउने एलपी ग्यासको अभाव झेल्दै आएका पूर्वका सर्वसाधारणले तिहार र छठ पर्वका बेला पनि ग्यास नपाउने भएका छन् ।
नेपाल आयल निगमले मागअनुसार आपूर्ति गर्न नसक्दा पूर्वमा खाना पकाउने ग्यास अभाव भएको हो । झापा, मोरङ, सुनसरीका सर्वसाधारणले दुई सातादेखि र पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारणले साउनदेखि खाना पकाउने ग्यासको अभाव झेल्दै आएका छन् ।
पूर्वमा ग्यास वितरण गर्दै आएका कोसी, सुविधा र रिजाल कम्पनी सञ्चालकले आयल निगमबाट मागअनुसार ग्यास नपाएको बताएका छन् ।