अशोक राईले भने, ‘एमाले– काँग्रेस नसच्चिए जनताले कठालोमा समातेर पछार्छन् ’

काठमाण्डु टुडे २०७१ असोज ३१ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, ३१ असोज – संघीय समाजवादी पार्टी अध्यक्ष अशोक राईले अब हुने आन्दोलनले एमाले – कांग्रेस नसच्चिए जनताले कठालोमा समातेर पछार्ने बताएका छन् ।

ashok raiखुल्लामञ्चमा आयोजित २२ दलको विरोधसभामा नेता राईले भने – ‘००७ सालको क्रान्तिले राणाहरुलाई पछार्योग, ०४६ सालको आन्दोलनले पञ्चायतलाई पछार्योन, ०६२र०६३ को आन्दोलन र माओवादी जनयुद्धले राजालाई पछार्यो, अब हुने आन्दोलनले कांग्रेस र एमालेलाई कठालोमा समातेर पछार्ने अवस्था नआओस् ।’

संविधानसभाबाट संविधान नआए सडकबाटै संविधान बन्ने चेतावनी दिँदै राईले भने-  ‘कांग्रेस र एमालेलाई जनताले कठालोमा समातेर पछार्ने दिन अब धेरै दिन बाँकी छैन ।’

सभामा बोल्दै सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आफूहरुले भनेजस्तो संविधान नआए टुँडिखेलबाटै जलाउने धम्की दिएका छन् ।

उनले कांग्रेस एमालेले उँटजस्तो संघीयता दिन खोजेको आरोप लगाए । कार्यक्रममा मोर्चाका नेता परशुराम तामाङले संसद छाडेर सडकमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us