काठमाण्डू, ११ साउन– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले सुनसरीमा उत्पन्न भएको तनाव चाँडै साम्य हुने विश्वास व्यक्त गरेका छन् । नेपालमा कुनै पनि किसिमको धार्मिक अतिवाद नरहेकाले दुवै पक्ष समझदारीमा आउन कुनै कठीनाइ नहुने उनले बताएका छन ।
शाहले भने, ‘अन्य देशहरुमा जस्तो नेपालमा धार्मिक समुदायहरुबीच टकराव र तिक्तता छैन । हिन्दु र मुस्लिमहरुबीच पनि परम्परादेखि नै उच्च सहिष्णुता छ । हामी एक–अर्काको चाडपर्वमा खुशीसाथ सामेल हुन्छौँ । शुभकामना आदनप्रदान गर्छौँ । यस्तो सद्भावपूर्ण अन्तरसम्बन्धलाई विथोल्न खोज्नेहरु सफल हुने छैनन् ।’
सुनसरीको घटनालाई सरकारले संवेदनशीलरुपमा लिएर सरकारले तत्काल कदम चालेको उनले बताएका छन । सरकारले छानबिन गठन गरेको छानबिन समितले सत्यतथ्य बाहिर ल्याउने र त्यसका आधारमा थप निर्णय हुने उनले बताए । घटनामा गोली चलेर नागरिकको गोली ज्यान जानु दुस्खद् रहेको भन्दै उनले यसबारे छानबिन समितिले अध्ययन गर्ने उल्लेख गरे ।
‘गोली चलाउनुपर्ने परिस्थिति थियो वा थिएन भन्ने छानविन समितिले अध्ययन गर्छ र त्यसको निस्कर्षका आधारमा सरकारले उचित निर्णय लिन्छ,’ शाहले भने ।