ओली भेट्न पौडेल र पोखरेल गुन्डुमा

काठमाण्डु टुडे २०८३ साउन ११ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, ११ साउन– अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ओलीको गुण्डुस्थित निवास गएका छन ।

प्रदेश सरकारमा नेकपासँग साझेदारी गर्ने सहमतिपछि उत्पन्न विवाद र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयमा उत्पन्न मतभेद मिलाउन पौडेल र पोखरेल गुण्डु आएका हुन । प्रदेश सरकार गठन गर्ने सम्बन्धमा नेकपासँग भएको ३ बुँदे सहमतिपूर्व पार्टीमा छलफल नगरेको भन्दै नेताहरु अध्यक्ष ओलीसँग असन्तुष्ट छन् ।

त्यसमाथि कोशी र लुम्बिनी प्रदेशमा भइरहेका मुख्यमन्त्रीलाई हटाएर अर्को मुख्यमन्त्री बनाउने तयारी, बागमतीमा संसदीय दलको नेतालाई नबनाएर अरुलाई मुख्यमन्त्री बनाउने ओलीको मनस्थितिका कारण पार्टीमा थप जटिलता उत्पन्न हुने भन्दै पौडेल र पोखरेलले त्यसो नगर्न ओलीलाई भन्दै आएका छन् ।

एमाले स्रोतका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन लगभग तयार भएका कारण उक्त प्रतिवेदनमा उल्लेखित विषयमा पनि अध्यक्ष ओलीसँग पौडेल र पोखरेलले कुरा गर्दै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us