पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद

काठमाण्डु टुडे २०८३ साउन १० गते ११:०९ मा प्रकाशित

काठमाण्डू, १० साउन– प्रहरीले पर्साबाट ठूलो परिणामको गाँजा बरामद गरेको छ । छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो ।

खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो । त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन् । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us