सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

काठमाण्डु टुडे २०८३ साउन १० गते ८:०६ मा प्रकाशित

काठमाण्डू, १० साउन– प्रहरीले काठमाण्डूको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाण्डूको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेको प्रहरीले जनाएको छ ।

बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us