कांग्रेस तयार नहुँदा एमालेसँग प्रदेशमा सत्ता सहकार्य: वर्षमान पुन

काठमाण्डु टुडे २०८३ साउन १० गते ७:०९ मा प्रकाशित

काठमाण्डू, १० साउन– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले कांग्रेस तयार नहुँदा प्रदेशहरूमा वाम सहकार्यको निर्णय लिनु परेको तर्क गरेका छन ।

प्रदेशको सत्ता सहकार्यबारे एमालेसँग तीन बुँदे सहमतिपत्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्दा साक्षी बसेका नेता पुनले यो सहकार्यलाई सकारात्मक रूपमा लिन समेत अनुरोध गरेका छन । ‘प्रदेशहरूमा बजेट बनाउनै नसक्ने स्थिति देखियो ।

एउटा राजनीतिक संकट आयो । यो संकटको समाधान तीनवटै दल मिलेर गरौं भन्ने हाम्रो प्रस्ताव थियो,’ पुनले भने, ‘तर, कांग्रेस तयार भएन ।

यसपछि हामीले डेडलक फुकाउने काम गरेका छौं ।’ एमालेसँग सत्ता सहकार्यको निर्णय गर्दा विगतभन्दा पनि आगतलाई हेरेर गरिएको उनले बताए ।

‘आगत हेरेर यो निर्णय लिएका छौं । थप कुरामा विस्तारै छलफल होला । हजार माइलाको यात्रा एक पाइलाबाटै सुरु हुन्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us