रास्वपा सांसद पौडेलमाथिको दुर्व्यवहार निन्दनीयः गगन थापा

काठमाण्डु टुडे २०८३ साउन १० गते ७:०५ मा प्रकाशित

काठमाण्डू, १० साउन– कांग्रेस सभापति गगन थापाले रास्वपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने समेत बताए । सभापति थापाले लेखेका छन,‘प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ, असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ।’

बारा–४ बाट निर्वाचित सांसद पौडेलमाथि कालो मसी प्रहार भएको थियो ।‘लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ,’ सभापति थापाले लेखेका छन्, ‘तर कुनैपनि व्यक्ति माथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनैपनि हालतमा स्वीकार्य हुन सक्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us