सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयोः प्रचण्ड

काठमाण्डु टुडे २०८३ साउन ८ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, ८ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता र संविधानसभापछि आफूहरू काठमाण्डू र सत्ता केन्द्रित भएको स्वीकार गरेका छन ।

आज (शुक्रबार) ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूहरू सत्तामै केन्द्रित हुनु नै गल्ती भएको बताएका छन ।

प्रचण्डले भने, ‘शान्ति सम्झौता र संविधानसभापछि काठमाण्डू र सत्ताको समीकरणको कार्यनीतिक कामै होइन भन्दिनँ, त्यो पनि काम हो, तर त्यो कार्यनीतिक कुरा थियो ।

हामी स्ट्राटेजीलाई हामीले छोड्यौँ ।’ विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरामा कम्युनिस्टहरूको गल्ती भएको पनि बताएका छन ।

उनले भने, ‘नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही विमुख हुन पुग्यौँ, यही नै मुख्य कमजोरी भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us