काठमाण्डू, ८ साउन– प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरले शुक्रबार ढल्केवरको पुल नजिक गोली चलाएर ती दुईजनालाई पक्राउ गरेको हो ।
उनीहरूसँग ९५.५९० ग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपाने जानकारी दिएका छन ।
पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् । जसमा २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गर्दा प्रहरीले हवाई फायर चलाएको जानकारी दिएको छ ।