काठमाण्डू, ८ साउन– काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआरको ६ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा काठमाण्डू नक्सालका ४३ वर्षीय विकास महर्जन छन् । उनलाई प्रहरी चौकी जोरपाटीले पक्राउ गरेको हो ।
ग्यास सिलिन्डर चोरीको आशंकामा उनको कोठा जाँच गर्ने क्रममा गोली भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त बौद्धमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।