देउवाका विश्वासपात्र गोपालमानलाई गगनले बनाए वरिष्ठ नेता

काठमाण्डु टुडे २०८३ साउन ७ गते २२:३२ मा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका हुन् ।

हाल क्यान्सरको उपचार गराइरहेका श्रेष्ठ पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका नेतामध्ये एक हुन् ।

केही समयअघि भारतमा उपचार गराएका उनी अहिले नेपालमै उपचाररत छन् ।

कांग्रेसका पुराना नेतामध्येका श्रेष्ठले पार्टीमा कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

पूर्वसभापति शेरबहादुर देउवानिकट रहेर लामो समय राजनीति गरेका उनलाई पार्टीमा पुर्‍याएको योगदानको सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी दिइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us