काठमाण्डू, ६ साउन– आज (बुधबार) बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको देउवा–खड्का पक्षले छुट्टै कार्यक्रमको आयोजना गरेको छ ।
काठमाण्डूको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत संस्थापन समूहका नेताहरू सहभागी छैनन् ।
आजै बिहान संस्थापन पक्षले आयोजना गरेको ग्रिन रन कार्यक्रममा इतर पक्षका नेता सहभागी थिएनन् । कांग्रेसको संस्थापन र इतर समूहले छुट्टाछुट्टै रुपमा बीपी स्मृति दिवस मनाइरहेका छन् ।