काठमाण्डू, ६ साउन– दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव भेटिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ रजौरामा दुई जना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।