बझाङ केन्द्रविन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८३ साउन ६ गते ८:३५ मा प्रकाशित

काठमाण्डू, ६ साउन– बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज (बुधबार) बिहान ०४ः ४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो । अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us